citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

पुस महिनाका लागि नयाँ ब्याजदर घोषणा, कुन बैंकले कति दिन्छन् ब्याज ?

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । पुस महिनाका लागि ११ वटा बैंकहरूले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार २० वाणिज्य बैंकमध्ये ११ वटा बैंकहरूले ब्याजदर समायोजन गरेका छन् ।

यसमध्ये ९ वटा बैंकको ब्याजदर घटेको छ । बाँकी दुई बैंकले भने निक्षेपको प्रकारका आधारमा ब्याजदर घटबढ गरेका छन् ।

साधारण बचत खातातर्फ तीनवटा बैंकले ब्याजदर घटाएका छन् भने एउटा बैंकको ब्याजदर सामान्य बढेको छ।

त्यस्तै, एकवर्षे व्यक्तिगत मुद्दती खाता अन्तर्गत तीन वटा बैंकको ब्याजदर घटाउँदा एउटा बैंकको ब्याजदर मात्रै बढेको छ । त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा आठवटा बैंकले ब्याज घटाएका छन् ।

धेरै र कम ब्याज दिने बैंक कुन ?

बैंकहरुको यो समायोजनसँगै बैंकहरुमा साधारण बचत खातामा न्यूनतम ३.०० प्रतिशत विन्दुदेखि अधिकतम ३.१० प्रतिशत ब्याज दिएका छन।

त्यस्तै, एकवर्षे संस्थागत मुद्दती खातामा न्यूनतम ४ प्रतिशत देखि अधिकतम ५.५० प्रतिशतसम्म ब्याज दिएका छन भने एक वर्षे संस्थागत मुद्दती खातामा न्यूनतम २.५० देखि ४.३० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा एनआईसी एसिया बैंकले तोकेको ३.१० नै बचत खाताको सबैभन्दा धेरै ब्याज हो । १३ वटा बैंकले यो ब्याजलाई ३.०० प्रतिशतको न्यूनतम सीमामा राखेका छन ।

त्यस्तै, व्यक्तिगत मुद्दती खातामा प्राइम कमर्शियल बैंक लि।ले तोकेको ६ प्रतिशत ब्याजदर नै सर्वाधिक रहेको देखिन्छ ।

यो खातामा राष्ट्रिय वाणिज्य बैंक र एनएमबि बैंकले सबैभन्दा कम ४.०० प्रतिशत ब्याजदर तोकेका छन् । त्यस्तै, संस्थागत मुद्दती खातामा सानिमा बैंक लि।ले तोकेको ४.३० प्रतिशत नै सबैभन्दा धेरै देखिएको छ ।  यस्तो  खातामा  कृषि विकास बैंकको  ब्याजदर  सबैभन्दा  कम २.५०  प्रतिशत रहेको छ ।

कृषि विकास बैंक लि

कृषि विकास बैंकले बचत खाताको ब्याजदरलाई स्थिर राखेको छ । पुस महिनाका लागि यस बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२६ प्रतिशत र २.५० प्रतिशत ब्याज दिनेछ जनाएको छ ।

सिटिजन्स बैंक लि

सिटिजन्स बैंकले पुस महिनाका बचत खाताको ब्याजदर स्थिर राखेको छ । व्यक्तिगत मुद्दती खाता र संस्थागत मुद्दती खाताको लागि ०.२५ र ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । यस अनुसार बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम हुनेछ ।

एभरेस्ट बैंक लि

एभरेस्ट बैंकले यसपटक सबै प्रकारका खाताका ब्याजदरलाई यथावत राखेको छ । यस अनुसार मंसिर महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०५ प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।

ग्लोबल आईएमई बैंक लि

ग्लोबल आईएमई बैंक लि. ले यसपटक बचत खाता तथा व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई यथावत राखेको छ । संस्थागत मुद्दती खाताको ब्याजदर भने ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।

यस अनुसार पुस महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.५५ प्रतिशत ब्याज दिने जनाएको छ।

हिमालयन बैंक लि

हिमालयन बैंक लि।ले यो महिना बचत खाताको ब्याजदरलाई ०.०५ प्रतिशत तथा संस्थागत मुद्दती खाताको ब्याजदरलाई ०.२५ प्रतिशत विन्दुले घटाएको छ भने व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई यथावत राखेको छ ।

पुस महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३।०० प्रतिशत, ४.७५ प्रतिशत र ३.५० प्रतिशत ब्याजदर कायम गरेको छ ।

कुमारी बैंक लि

कुमारी बैंक लि।ले सबै प्रकारका निक्षेपको ब्याजदर स्थिर राखेको छ । पुस महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०१ प्रतिशत, ५.३१ प्रतिशत र ३.२५ प्रतिशत ब्याजदर तोकेकोमा पुस महिनामा पनि त्यही व्याजदरलाई निरन्तरता दिएको छ ।

लक्ष्मी सनराइज बैंक लि

लक्ष्मी सनराइज बैंक लि।ले यसपटक सबै प्रकारका खाताको ब्याजदरलाई पुस महिनामा पनि यथावत राखेको छ । यस अनुसार पुस महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ ।

माछापुच्छ्रे बैंक लि

माछापुच्छ्रे बैंक लि।ले यसपटक बचत खाताको ब्याजदरलाई यथावत राखेको छ । बैंकले पुस महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ४।७५ प्रतिशत ब्याज दिनेछ ।

नबिल बैंक लि

नबिल बैंक लि।ले पुस महिनामा साधारण बचत खाता र व्यक्तिगत मुद्दती निक्षेपका खाताको ब्याजदरलाई स्थिर राखेको छ भने संस्थागत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ ।

यस अनुसार पुस महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिने जनाएको छ ।

नेपाल बैंक लि

नेपाल बैंकले सबै प्रकारका खाताको ब्याजदर घटाएको छ । यस अनुसार बचत खातामा ०।०१ प्रतिशत, व्यक्तिगत मुद्दती खातामा ०.३५ र संस्थागत मुद्दती खातामा ०.३० प्रतिशत ब्याजदर घटाएको छ ।

नेपाल बैंकमा बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत ४.२० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिनेछ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लि

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले यसपटक बचत तथा व्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई यथावत राखेको छ भने संस्थागत मुद्दती खाताको ब्याजदरलाई ०.८५ प्रतिशत विन्दुले घटाएको छ ।

यस अनुसार पुस महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.०० प्रतिशत र ३.१५ प्रतिशत ब्याज दिनेछ ।

नेपाल एसबीआई बैंक लि

नेपाल एसबीआई बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदरलाई यथावत राखेको छ । यस अनुसार पुस महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०२ प्रतिशत, ५.०१ प्रतिशत र ४.०१ प्रतिशत ब्याज दिने जनाएको छ ।

एनआईसी एसिया बैंक लि

एनआईसी एसिया बैंकले पुस महिनामा बचत खाता ब्याजदर ०.१७ प्रतिशत विन्दुले घटाउँदा व्यक्तिगत ०.५० प्रतिशत विन्दुले बढाएको छ । संस्थागत मुद्दती खाताको ब्याजदरलाई भने स्थिर राखेको छ ।

अब बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.१० प्रतिशत, ४.६५ प्रतिशत र ३.० प्रतिशत ब्याज दिने जनाएको छ ।

एनएमबि बैंक लि

एनएमबि बैंकले यसपटक सबै प्रकारका खाताको ब्याजदर स्थिर राखेको छ । यस अनुसार पुस महिनामा बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशत ब्याज दिने भएको छ ।

प्रभु बैंक लि

प्रभु बैंकले पनि यो अवधिमा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । यस अनुसार पुस महिना बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.१० प्रतिशत र ३.१० प्रतिशतमा यथावत रहने जनाएको छ ।

प्राइम कमर्सियल बैंक लि

साधारण बचत खाताको ब्याजदरलाई यथावत् राखेको छ । पुस महिनाका लागि बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ६.०० प्रतिशत र ४.०० प्रतिशत ब्याज दिनेछ ।

राष्ट्रिय वाणिज्य बैंक लि

राष्ट्रिय वाणिज्य बैंकले पुस महिनाका लागि व्यक्तिगत सबै प्रकारका खाताको ब्याजदर यथावत् राखेको छ । उक्त बैंकको ब्याजदर बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.०० प्रतिशत र ३.०० प्रतिशतलाई निरन्तरता दिएको हो ।

सानिमा बैंक लि

सानिमा बैंकले पुस महिनाका लागि बचत खाता र संस्थागत मुद्दती खाताको ब्याजदर स्थिर राखेको छ भने व्यक्तिगत मुद्दती खाताको ब्याजदर ०.१० प्रतिशत विन्दुले घटाएको छ । पुस महिनाका लागि बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०४ प्रतिशत, ५.३० प्रतिशत र ४,३० प्रतिशत ब्याजदर कायम गरेको छ ।

सिद्धार्थ बैंक लि

सिद्धार्थ बैंकले पुस महिना बचत खाता तथा व्यक्तिगत मुद्दती खाताको ब्याजदर स्थिर राख्दा संस्थागत मुद्दती खाताको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ । अब सो बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ५.५० प्रतिशत र ३.५० प्रतिशत ब्याज दिने जनाएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक लि

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पुस महिनामा बचत खाता तथा व्यक्तिगत मुद्दती खाताको ब्याजदर स्थिर राख्दा संस्थागत मुद्दती खाातको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ । अब सो बैंकले बचत, व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती खाताका लागि क्रमशः ३.०० प्रतिशत, ४.२५ प्रतिशत र ३.२५ प्रतिशत ब्याज दिने जनाएको छ ।

gold
himalayan life insurance long ad