stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६०० रुपैयाँको कुल ७ प्रतिशतले हुन आउने २९ करोड १९ लाख ९२ हजार ३०२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ३ प्रतिशतले हुन आउने १२ करोड ५१ लाख ३९ हजार ५५८ रुपैयाँबराबरको बोनस शेयर र ४ प्रतिशतले हुन आउने १६ करोड ६८ लाख ५२ हजार ७४४ रुपैयाँबराबरको नगद लाभांश ९करसहित० रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।

prabhu mahalaxmi
kumari