न्यादी हाइड्रोपावरको पुस २५ गते वार्षिक साधारण सभा

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । हाइड्रोपावर कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
साधारण सभा प्रयोजनका लागि हाइड्रोपावर कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १६ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । साधारण सभा क्वालिटी ब्यांकेट, बुद्धनगर, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।