आजैदेखि संचालनमा आउदै, सुन्दर यातायातले पुरानै भाडामा उपत्यकामा बस चलाउने
काठमाडौं । आजदेखि पुरानै भाडा दरमा सुन्दर यातायात प्रा.लि.ले बस चलाउने भएको छ । बिजुलीबाट संचालित सुन्दर यातायातका बसहरुर कोरोनाको महामारीबीच संचालनमा आउने भएको हो । उसले काठमाडौं उपत्यकाका विभिन्न स्थानका लागि यातायात सेवा दिने भएको हो ।
सरकारले साझा यातायातहरुलाई आधा यात्रु बोकेर ५० प्रतिशत भाडा बढाएर संचालन गर्न अनुमति दिएका बेला सुन्दर यातायातले भने पुरानै भाडामा यातायात सेवा दिने भएको हो ।
सुन्दर यातायातले पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो।
यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रा.लि.ले जनाएको छ। चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ।
आज सोमबारबाटै केही कम्पनीका बसहरु संचालनमा आएका छन् । साझा यातायातका अन्य बसहरु उल्लेखनिय रूपमा संचालनमा भने आएका छैनन् ।




























