सेयर बजारबाट पुँजीगत लाभकर बढ्यो
सरकारले शेयर बजारबाट साढे पाँच अर्ब रुपैयाँ पुँजीगत लाभकर उठाएको छ ।

काठमाडौं । सरकारले शेयर बजारबाट साढे पाँच अर्ब रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा लगानीकर्ताले सरकारलाई ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएका छन् ।
उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.४१ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९/८० मा सरकारले शेयर बजारबाट २ अर्ब ९७ करोड ५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो ।
यस अवधिमा संस्थागत लगानीकर्ता र स्टक डिलरले ६८ करोड ३८ लाख २ हजार रुपैयाँ लाभकर तिरेको सिडिएसले जनाएको छ । त्यस्तै व्यक्तिगत अल्पकालीन कारोबारीले एक अर्ब ५७ करोड ६५ लाख २७ हजार रुपैयाँ र दीर्घकालीन लगानीकर्ताले तीन अर्ब १८ करोड २ लाख ३३ हजार रुपैयाँ लाभकर बुझाएका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार असार महिनामा मात्रै सरकारले पूँजीगत लाभकरबाट ६५ करोड ४ लाख ६ हजार ८१९ रुपैयाँ उठाएको छ ।
त्यस्तै गत असारमा व्यक्तिगत दीर्घकालीन कारोबारीले १७ करोड ९ लाख ४४ हजार ९२८ रुपैयाँ लाभकर बुझाएका छन् । त्यस्तै गत जेठमा २३ करोड ३७ लाख ४८ हजार, गत बैशाखमा ११ करोड ४३ लाख रुपैयाँ बुझाएका छन् ।
त्यसैगरी गत चैतमा ११ करोड १३ लाख रुपैयाँ, गत फागुनमा ११ करोड १३ लाख र गत माघमा १६ करोड ३१ लाख, गत मंसिरमा ९ करोड २४ लाख ३१ हजार रुपैयाँ र गत पुसमा दीर्घकालीन लगानीकर्ताबाट १७ करोड २८ लाख ९९ हजार ८३५ रुपैयाँ संकलन भएको छ ।
त्यसैगरी सरकारले व्यक्तिगत दीर्घकालीन कारोबारीबाट गत कात्तिकमा २ करोड ६९ लाख १८ हजार रुपैयाँ, गत असोजमा ५ करोड ५१ लाख ६० हजार, गत भदौमा ५ करोड ६७ लाख ६२ हजार रुपैयाँ र गत साउनमा १० करोड १५ लाख ८५ हजार रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन गरेको छ ।
यस्तै अल्पकालीन लगानीकर्ताले गत असारमा ३३ करोड १३ लाख २५ हजार रुपैयाँ लाभकर बुझाएका छन् । त्यस्तै गत जेठमा ३८ करोड ५५ लाख, गत बैशाखमा १८ करोड ४३ लाख र चैतमा २८ करोड ३७ लाख रुपैयाँ लाभकर बुझाएको सिडिएसको तथ्यांकमा उल्लेख छ ।
सिडिएसका अनुसार गत फागुन अल्पकालिन लगानीकर्ताले १५ करोड १० लाख, गत माघमा ७४ करोड १३ लाख रुपैयाँ लाभकर तिरेका छन् भने गत पुसमा २२ करोड ४४ लाख ७२ हजार १८७ रुपैयाँ गत मंसिरमा १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ तिरेका थिए ।
यसैगरी गत कात्तिकमा ४ करोड ६० लाख ४१ हजार, गत असोजमा १४ करोड ९८ लाख ३३ हजार, गत भदौमा ७ करोड ६६ लाख ५ हजार र गत साउनमा २२ करोड ४७ लाख १२ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।
त्यसैगरी संस्थागत लगानीकर्ताबाट पनि सरकारले असारमा १४ करोड ८१ लाख ३५ हजार ८६९ रुपैयाँ राजस्व उठाएको छ ।
त्यस्तै जेठमा ८ करोड ४९ लाख, बैशाखमा ६ करोड ४० लाख, गत चैतमा ८ करोड ८३ लाख, गत फागुनमा ७ करोड ३० लाख रुपैयाँ राजस्व उठाएको छ ।
गत माघमा संस्थागत लगानीकर्ताले ६ करोड ७४ लाख, गत पुसमा ४ करोड ६५ लाख र गत मंसिरमा ७ करोड १४ लाख २९ हजार ७२ रुपैयाँ राजस्व तिरेको सीडीएसले जनाएको छ ।
संस्थागत लगानीकर्ताले गत कात्तिकमा १ करोड ११ लाख रुपैयाँ गत असोजमा एक करोड ४५ लाख ८५ हजार रुपैयाँ, गत भदौमा ६७ लाख रुपैयाँ र गत साउनमा सात करोड ४५ लाख ९४ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएको सिडिएसको तथ्यांकमा उल्लेछ ।
कुन महिनामा कति उठ्यो पुँजीगत लाभकर ?
सिडिएसका अनुसार सरकारले गत आर्थिक वर्षको साउन महिनामा शेयर बजारबाट ४० करोड ८ लाख ९१ हजार ७८६ रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो भने लगानीकर्ताले गत भदौमा सरकारलाई १४ करोड ६९ हजार रुपैयाँ राजस्व तिरेका थिए ।
त्यस्तै लगानीकर्ताहरुले गत असोजमा २१ करोड ९५ लाख,गत कात्तिकमा ८ करोड ४१ लाख रुपैयाँ, गत मंसिरमा ३० करोड ५३ लाख रुपैयाँ, गत पुसमा ७४ करोड ३९ लाख रुपैयाँ, गत माघमा ९७ करोड २० लाख र गत फागुनमा ४४ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।
सिडिएसका अनुसार लगानीकर्ताहरुले गत चैतमा ४८ करोड ३४ लाख, गत बैशाखमा ३६ करोड २७ लाख, गत जेठमा ७० करोड ४२ लाख र गत असार महिनामा ६५ करोड ४ लाख रुपैयाँ राजस्व बुझाएका छन् ।
शेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था अनुसार सरकारले शेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर उठाउँदै आएको छ ।
लामो समयदेखि प्यानिक अवस्थामा रहेको शेयर बजार चलायमान हुँदा पूँजीगत लाभकरमा पनि सुधार देखिएको छ ।
यसका साथै राष्ट्र बैंकको लिएको नीति र बैंकहरुको घट्दो ब्याजदरका कारण शेयर बजारमा सुधार देखिएपछि राज्यलाई प्राप्त हुने राजस्व समेत बढेको लगानीकर्ताको भनाई रहेको छ ।