stcnepal long ad
himalayan life insurance long ad

घरजग्गा कारोबार बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षमा घरजग्गा कारोबार बढेको छ । आर्थिक वर्ष ०७९/८० को तुलनामा आर्थिक वर्ष ०८०/८१ मा कारोबारको लिखत पारित मात्रै ७२ हजार ३७३ वटाले बढी भएको हो ।

समीक्षा अवधिमा कित्ताकाटको लिखत पारित ३ लाख ४८ हजार ५४ पटकले बढी भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

समग्रमा हालसाविक, संशोधन, जग्गा बाँडफाँटलगायत गरी कुल १३ लाख ३३ हजार ९५७ पटक कित्ताकाट भएको विभागको तथ्यांक छ ।

गत आर्थिक वर्ष समग्रमा हालसाविक, संशोधन, जग्गा बाँडफाँटलगायतबाहेक १ लाख ६० हजार ४१८ वटा कारोबार लिखत पारित भएको थियो ।

गत आर्थिक वर्ष मात्रै कित्ताकाटका ५ लाख ३५ हजार ६९५ वटा लिखत पारित भएको विभागको तथ्यांक छ, जुन अघिल्लो वर्षको तुलनामा ७२ हजार ३७३ वटाभन्दा बढी हो ।अघिल्लो वर्षभर कित्ताकाटको ४ लाख ६३ हजार ३२२ वटा लिखत पारित भएका थिए ।