prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

मल्टीपर्पस फाइनान्सको खुद नाफा घटे

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मल्टीपर्पस फाइनान्सको खुद नाफा घटेको छ । यसअवधिमा यसको खुद नाफा ८३.३९प्रतिशत ले घटेर ५ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ३० लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा फाइनान्सको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्दा खुद नाफा घटेको हो ।

सञ्चालन नाफा ८६.७७ प्रतिशत ले घटेर ५ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४३ करोड ६२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी भने ७१.७२ प्रतिशत ले बढेर १ करोड ६३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १५ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ७६ पैसा छ ।

१९ वैशाख २०७९, सोमवार ०८:०९ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads