गुडविल फाइनान्सले १० करोड ७८ लाख रुपैयाँ नाफा कमायो
काठमाडौं । गुडविल फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा १० करोड ७८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
नाफा अघिल्लो वर्षको भन्दा २८.८९% ले थोरै हो । अघिल्लो वर्ष यस कम्पनीले १५ करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी भने ८.७९% ले बढोत्तरी गरेर २७ करोड १२ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसले २४ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सञ्चालन नाफा भने १७ करोड ४४ लाख रुपैयाँबाट घटेर १५ करोड ३ लाख रुपैयाँमा झरेको छ । असारसम्म ७ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले ६ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३७ करोड ३९ लाख रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ८१ पैसा छ ।
























