stcnepal long ad
ime life insurance
national life
global ime bank long

कपिलदेव ओली बीमा समितिको बिज्ञ सञ्चालकमा नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कपिलदेव ओलीलाई बीमा समितिको बिज्ञ सञ्चालकको रुपमा  पुनः नियुक्ती गरिएको छ । अर्थ मन्त्रालयले हिजो बीमा समितिमा पत्र पठाउँदै मन्त्रीस्तरीय निर्णयबाट अधिवक्ता ओलीलाई बिज्ञ सञ्चालकको रुपमा पुनः आगामी चार वर्षको लागि नियुक्त गरेको जनाएको छ ।

उनी ओली एण्ड एशोसिएट्स ल फर्ममा आबद्ध छन् । यसअघि पनि चार वर्षसम्म बिज्ञ सञ्चालक रहेका ओलीको पदावधी गत चैत्र ४ गते सकिएको थियो । बीमा समितिको बिज्ञ सञ्चालक पद त्यस यता रिक्त रहँदै आएकोमा पुनः ओलीलाई नियुक्त गर्ने अर्थमन्त्रालयले निर्णय गरेको हो ।

बिज्ञ सञ्चालकमा नियुक्त ओलीले नेपाल ल क्याम्पसबाट स्नातक र पूर्वाञ्चल विश्व विद्यालयबाट एमपिए (स्नातकोत्तर) गरेका छन् ।

IME Lifesidebar
kumari