पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको निधन
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुष रहेका छन् । उनीहरुको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ । दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो ।

























