मन्जुश्री फाइनान्सको नयाँ र परिमार्जित वेबसाइट सार्वजनिक

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले नयाँ र परिमार्जित वेबसाइट सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो वेबसाइट ग्राहक मैत्री र जानकारीमूलक बनाइएको छ, जसबाट ग्राहकले थप सहज सेवा पाउनेछन् ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेजराज तिमिल्सिनाले ग्राहकको सुविधालाई ध्यानमा राखेर वेबसाइट प्रयोगकर्ता मैत्री बनाइएको बताए ।
उनका अनुसार नयाँ वेबसाइटमार्फत ग्राहकले संस्थाको बारेमा विवरण, प्रडक्ट तथा सेवाका जानकारी, पब्लिक डिस्क्लोजर सम्बन्धी सम्पूर्ण विवरण, अनलाइन खाता खोल्ने, अनलाइन एफडी गर्ने र वेब बैंकिङबाट कारोबार गर्ने सुविधा सहजै उपयोग गर्न सक्नेछन् ।
मन्जुश्री फाइनान्सले परिमार्जित वेबसाइटबाट ग्राहक सेवा अझ बलियो र पारदर्शी बन्ने विश्वास लिएको छ । कम्पनीले अत्याधुनिक प्रविधि आत्मसात् गर्दै आफ्ना ग्राहकका लागि निरन्तर नवीनतम सेवा ल्याउने प्रतिबद्धता जनाएको छ ।
हालसम्म मन्जुश्री फाइनान्सले २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब १८ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । २७ शाखा र १ विस्तारित काउन्टरमार्फत सेवा दिँदै आएको फाइनान्सले आकर्षक ब्याजदरका साथै सुलभ दरमा कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ ।