stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकले हुण्डी कारोबार नगर्न चेतावनी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले हुण्डी कारोबार नगर्न चेतावनी दिएको छ। हुण्डी कारोबार भन्नाले कानून बमोजिम मान्यता पाएका वा भुक्तानीको उपकरण बाहेक अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यमबाट नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा गर्ने रकम कारोबारलाई बुझिन्छ।

पछिल्लो समय हुण्डी कारोबार झनै बढ्दै गएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ क मा हुण्डी कारोबार गर्न नहुने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले हुण्डी कारोबार गरेको पाइएमा बिगो र सोबाट बढाएको सम्पत्तिसमेत जफत र एक वर्षसम्मको कैद गरिने चेतावनी दिएको छ। यद्यपि हुण्डी कारोबारको प्रभावकारी अनुगमन र अनुसन्धान हुन नसक्दा पछिल्लो समय यस्तो कारोबार झनै बढ्दै गएको छ।

prabhu mahalaxmi
kumari