गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको साधारण सभा सम्पन्न

काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २३ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
ललितपुरमा सम्पन्न सो साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले पेस गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित भएको छ । हाल संस्थाको कूल निक्षेप रु.८ अर्व ३५ करोड र कर्जा रु.५ अर्व ८४ करोड रहेको छ ।
राष्ट्रियस्तरको यस वित्तीय संस्थाले देशभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।