stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बुटवल पावर कम्पनी ३२ औं साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा आज २०८१ पौष २८ गते कार्की व्यांक्वेट, बबरमहल, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष  पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट चुक्त पूँजीको ५ % (पाँच प्रतिशत) नगद लाभांश वितरण गर्ने लगायत संचालक समितिबाट पेश भएका सबै प्रस्तावहरु पारित गरेको छ ।

नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ वमोजिम नेपाल सरकारको स्वीकृति लिएर शेयरधनीहरुलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने छ ।

३१ औं बार्षिक साधारण सभाको निर्णय वमोजिम १ करोड कित्ता शेयर प्रिमियम मूल्यमा थप सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र वोर्डमा दरखास्त पेश गरी प्रक्रियामा रहेको छ ।

यस कम्पनीले संचालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा संचालन भैरहेका छन् ।

साथै सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सन्चालित ४ मे. वा. को खुदी जलविद्युत केन्द्र र ६० मे. वा. को खिम्ती प्रथम जलविद्युत केन्द्रको संचालन सुचारु रुपमा हुँदै आएको छ ।

खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत प्राधिकरणमा जाने भएपनि हाल सम्म विद्युत खरिद बिक्री सम्झौतामा सहमति नभएका कारण अन्तरिम प्रवन्ध अन्तर्गत उक्त केन्द्रवाट ने.वि.प्रा.लाई विद्युत आपूर्ति भईरहेको छ ।

लमजुड्ढ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ बैशाख २७ देखि संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने प्रशारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले बैकल्पिक प्रशारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिएको छ ।

यद्यपी नेपाल विद्युत प्राधिकरणले वर्षायाममा सबै विद्युत नलिएका कारण सो आयोजनालाई मर्का पर्न गएको छ । आर्थिक वर्ष २०८२ को श्रावण देखि यस आयोजनाको विद्युत खरिद बिक्री सम्झौता टेक अर पे ९त्बपभ यच एबथ० मा परिणत हुने गरी ने.वि.प्रा.संग सहमति भएको छ ।

३७.६ मे.वा.को कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य तिब्र गतिमा सुचारु भएको छ ।

तीन चिनियाँ लगानी कर्ताहरुसंगको संयुक्त लगानीमा मस्याङडी नदीमा निर्माणको चरणमा रहेका अयोजनाहरुमा १३५ मेगावाटको मनाङ मस्याङडी जलविद्युत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङदी जलविद्युत आयोजना र ३२७ मेगावाटको माथिल्लो मस्याङडी दोश्रो जलविद्युत आयोजना क्यासकेड अर्ध जलाशययुक्त अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) वित्तिय व्यवस्थापन भई अगाडि बढाउने क्रममा छन् ।

१३५ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजनाको निर्माण कार्य शुरु भइसके्कोे छ । त्यस्तै ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माण तयारीको अन्तिम चरणमा रहेको छ । १६० मे.वा. को मुगु कर्णाली जलविद्युत आयोजना र ७ मे.वा. को झिमरुक सौर्य आयोजनाहरु पनि सम्भाव्यता अध्ययनकै क्रममा रहेका छन ।

कम्पनीको ३२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति धन्यवाद छ । साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले सहयोग गर्ने तथा योगदान दिने सम्बद्ध सबैलाई धन्यवाद छ ।

 

prabhu mahalaxmi
kumari