citizens life insurance long ad

पोखरा फाइनान्सका ग्राहकलाई स्काइवाकमा १५ प्रतिशत छुट

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले कमलादी–२८, काठमाडौंस्थित स्काइवाकमा टिकट खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन्।

पोखरा फाइनान्स र वन्डर्स नेपाल प्रालि अन्तर्गतको स्काइवाकबीच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार पोखरा फाइनान्सका ग्राहकले स्काइवाकको टिकट खरिद गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहकार्यबाट पोखरा फाइनान्सका ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ।

पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, सीआईएसलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।

साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ।

IME Lifesidebar
kumari