citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

फर्स्ट माइक्रोफाइनान्सको पुस ११ गते वार्षिक साधारण सभा

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २३ गते बुक क्लोज गर्ने भएको छ

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको पुस ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।  साधारण सभामा गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा, आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

gold
himalayan life insurance long ad