stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंक लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको २२ लाख ४३ हजार ७ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर खरीदका लागि आवेदन दिँदा घटीमा १० लाख कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

इच्छुक लगानीकर्ताले आज मंसिर १९ गतेदेखि पुस ३ गतेभित्र आफूले किन्न चाहेको शेयर सङ्ख्या र सोको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ।

बोलपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको प्रधान कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा बुझाउनु पर्नेछ।

prabhu mahalaxmi
kumari