नेपाल फाइनान्सको नाफा घट्यो
काठमाडौं । नेपाल फाइनान्सको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा १० प्रतिशत घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ करोड १ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असारसम्म फाइनान्सको खुद ब्याज आम्दानी १९.८६ प्रतिशत बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९ करोड २४ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत वर्ष फाइनान्सको नेट फि एण्ड कमिशन इनकम ७८ प्रतिशत बढेर १ करोड २७ लाख ८२ रुपैयाँ, कुल सञ्चालन आम्दानी ३५ प्रतिशत बढेर १५ करोड २३ लाख ६५ हजार रुपैयाँ, सञ्चालन मुनाफा १० प्रतिशत बढेर २ करोड २८ लाख ८३ हजार रुपैयाँ छ । फाइनान्सका् वितरणयोग्य नाफा २० करोड ८२ लाख २९ हजार रुपैयाँ ऋणात्मक छ ।
समीक्षा अवधिमा फाइनान्सको चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ र जगेडा कोष ४३ करोड १० लाख रुपैयाँ सञ्चित छ ।
गत वर्ष फाइनान्सले २ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी घटेर २.४८ रुपैयाँमा सीमित छ । फाइनान्सको प्रतिसेयर नेटवर्थ १३७.५२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३६०.१५ गुणा रहेको छ । अघिल्लो वर्ष १२.१६ प्रतिशत रहेकोमा घटेर ९.११ प्रतिशतमा झारेको छ ।