sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

कार्ल्सबर्ग साउथ एसियामा बाँकी रहेको सेयर खरिद सम्बन्धी सम्झौता

गोर्खा ब्रुअरीको थप ९.९४५ सेयर खरिद गर्ने निश्चित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेडमा बाँकी रहेको ३३.३३% सेयर आफ्नो  साझेदार  कार्ल्सबर्ग  साउथ  एसिया (सिंगापुर) होल्डिङबाट खरिद गर्ने सम्झौता भएको छ ।

कार्ल्सबर्ग साउथ एसिया कार्ल्सबर्ग इन्डिया र नेपालमा रहेको गोर्खा ब्रुअरी (हाल ९० प्रतिशत सेयर) को होल्डिङ कम्पनी हो ।

यस सम्झौता बमोजिम कार्ल्सबर्ग साउथ एसियाले गोर्खा ब्रुअरीको थप ९.९४%सेयर खरिद गर्ने निश्चित भएको छ ।

प्रस्तावित कारोबारको सम्झौता समाप्ति पश्चात् कार्ल्सबर्गले भारतमा रहेको सम्पूर्ण व्यापारको शतप्रतिशत स्वामित्व प्राप्त गर्ने जनाइएको छ ।

यसैगरी कार्ल्सबर्ग साउथ एसियाको सेयर स्वामित्व मार्फत नेपालमा रहेको गोर्खा ब्रुअरीको ९९.९४ प्रतिशत सेयर स्वामित्व पनि प्राप्त गर्नेछ ।

प्रस्तावित कारोबारको कुल खरिद मूल्य ७४४ मिलियन अमेरिकी डलर रहेको छ । कारोबारको ७४४ मिलियन अमेरिकी डलर मध्ये २०७ मिलियन अमेरिकी डलर रकम हालका लागि कार्ल्सबर्गसँग रहने कार्ल्सबर्ग ग्रुपले जनाएको छ ।

जुन रकम खरिद बिक्री सम्झौताको अधीनमा रहेर आउन सक्ने दाबीको भुक्तानी गरी बाँकी रहेको रकम आगामी ३ देखि ५ वर्षभित्र हस्तान्तरण गरिसक्ने ग्रुपको भनाइ छ ।

प्रस्तावित कारोबारहरू सन् २०२४ को अन्तिम त्रैमाससम्ममा सम्पन्न गरिसक्ने अपेक्षा गरिएको छ । प्रस्तावित  कारोबार हुनका लागि दुई पक्षबिच केही विशेष सर्तहरु पूरा हुनुपर्ने गरी सम्झौता भएको छ ।

यो सम्झौता सम्बन्धि सर्तहरु पूरा गर्नुका साथै नेपालमा कारोबार हुँदा पालना गर्नुपर्ने सरकारी स्वीकृतिका आवश्यक विषयहरु पनि यसमा समावेश छन् ।

प्रस्तावित कारोबारहरूलाई भारतको प्रतिस्पर्धा आयोगले अनुमती दिइसकेको हुनाले कुनै पनि अन्य नियामक ‘एन्टीट्रस्ट अथोरिटी’ को आधार यस कारोबारमा समावेश नहुने ग्रुपको विज्ञप्तिमा उल्लेख छ ।

कार्ल्सबर्ग साउथ एसियाको सेयरहोल्डिङ मार्फत् नेपालमा गोर्खा ब्रुअरीमा रहेको व्यवसाय हाल कार्ल्सबर्ग ग्रुपको खातामा सम्बद्ध कम्पनीको रूपमा वर्गीकरण गरिएको छ । तर कार्ल्सबर्ग साउथ एसियाले गोर्खा ब्रुअरीमा थप ९।९४५ सेयर खरिद गरेपछि पूर्ण रूपमा एकीकृत हुने जनाइएको छ ।

कार्ल्सबर्ग ग्रुपका प्रमुख कार्यकारी अधिकृत जाकोब आरुप एन्डरसनले भने, ‘हामी हाम्रा साझेदारसँग मैत्रीपूर्ण सम्झौतामा पुग्न सक्षम भएकोमा र दुईवटा महत्त्वपूर्ण एसियाली व्यवसायहरूमा पूर्ण नियन्त्रण हासिल गर्न सकेकोमा असाध्यै खुसी छौँ।

हामी यस रोमाञ्चक बियर बजारमा दीर्घकालीन वृद्धिका अवसरहरू हासिल गर्न लगानीलाई तीव्र रूपमा बढाउनेछौँ।’

gold
prabhu bank
nawakantipur long