stcnepal long ad
global ime bank long

गुहेश्वरी मर्चेण्ट बैङ्किङ्ग एण्ड फाइनान्सद्वारा क्यू आर टेलर सुविधाको सुरुवात

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैङ्किङ्ग एण्ड फाइनान्स लिमिटेडले क्यू आर टेलर सुविधाको सुरुवात गरेको छ । डिजिटल कारोबारको माध्यमबाट ग्राहकहरूलाई नगद भुक्तानीमा थप सहज गराउने उद्देश्यले कम्पनीले सो सेवा सुरु गरेको हो ।

एक औपचारिक कार्यक्रम आयोजना गरि क्यू आर टेलर सुविधाको सुरुवात संस्थाका अध्यक्ष युवराज भण्डारीले क्यू आर टेलर सुविधाबाट संस्थाका ग्राहकहरूले प्रविधिमार्फत नगद भुक्तानी लिन सक्ने बताए ।

सो प्रविधिले ग्राहकहरूलाई आफ्नो कारोबार गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ । सो क्यू आर टेलर सुविधा संस्थाले हाललाई काठमाडौँ उपत्यकाको शाखाहरूमा सुरूवात गरेको छ भने निकट भविष्यमा देशभरका सबै शाखाहरूमा सुरुवात गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

सो समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एशियन लाईफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी तथा संस्थाका अन्य कर्मचारी तथा गा्रहाकहरूको उपस्थिति रहेको थियो ।

उक्त संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरू, ४ वटा विस्तारित काउन्टरहरूबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

संस्थाले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी एटिएम सेवा, मोबाइल बैङ्किङ्ग सेवाहरू जस्ता आधुनिक बैङ्किङ्ग सेवाहरू समेत प्रदान गर्दै आइरहेको छ ।

IME Lifesidebar
kumari