citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।बैंकले संस्थापक शेयरधनीहरू सीता गुरुङ्गको ८० हजार कित्ता, दिनेश श्रेष्ठको सात हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९ कित्ता, राम भरोसा वैद्यको पाँच हजार ९३८ कित्ता र संजय नारायण श्रेष्ठको एक हजार ३१९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको नागपोखरीस्थित बैंकको शेयर  रजिष्ट्रार वा टंगालस्थित  बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long