citizens life insurance long ad
stcnepal long ad
national life
global bank

गोर्खाज फाइनान्सको नाफा घट्यो

एनपीएल ह्वातै बढ्यो

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४०.०६ प्रतिशत कम हो ।

गत वर्षको यसै अवधिमा फाइनान्सले ९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष गोर्खाज फाइनान्सले ६ करोड ८९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको थियो । अहिले उक्त चार्ज बढेको छ ।

त्यसैले नाफामा असर परेको हो । चैतसम्म फाइनान्सको इम्पेयरेन्च चार्ज २ करोड १ लाख रुपैयाँ रहेको छ । यता, २५ करोड ४७ लाख रहेको खुद ब्याज आम्दानी २३ करोड ५१ लाख रुपैयाँ कायम भएको छ ।

यस फाइनान्सको निष्क्रिय कर्जा दर ६.७७ प्रतिशत विन्दुबाट बढेर १४.५० प्रतिशत पुगेको छ ।हाल यस फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ ।

जगेडा कोषमा १ अर्ब २ करोड ६० लाख रुपैयाँ जम्मा छ । प्रतिसेयर आम्दानी ८.४३ रुपैयाँ छ । यसको प्रतिसेयर नेटवर्थ भने १५१.७१ रुपैयाँ छ ।

himalayan life insurance
igi long