citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं ।सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा वृद्धि गर्न सफल भएको छ । बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ९.४४% ले बढेर २६ करोड ९३ लाख रुपैयाँ पुगेको हो ।

गत वर्ष बैंकले २४ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा खुद ब्याज आम्दानी ३.४९% ले बढेर १ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यसको सञ्चालन नाफा पनि ९.६५% ले बढेको छ ।

यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज पनि सामान्य घट्दा नाफामा सुधार भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको खराब कर्जा भने ३.५५% बाट बढेर ३.८४Rपुगेको छ । बैंकको खुद नाफा बढेपछि प्रतिसेयर आम्दानी पनि ४७ पैसाले बढेर १०.४७ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १३७.४७ रुपैयाँ रहेको छ ।

himalayan life insurance
igi long