stcnepal long ad
ime life insurance
national life
global ime bank long

सेन्ट्रल फाईनान्सको चैत्र २३ गते २७ औं वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सेन्ट्रले फाईनान्स लिमिटेडले आफ्नौ २७ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभामा गत वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका विवरण छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्ष नियुक्त गरी पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यस्तै, संस्थाको नियमावलीको नियम १९ (४) मा संशोधन गर्ने तथा नियमावलीमा आवश्यक संशोधन गर्न संस्थाको संचालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेको छ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुरुप सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।

साधारण सभा  कम्पनीको केन्द्रीय कार्यालय भवन, कानदेवस्थान, कुपण्डोल, ललितपुरमा विहान १० बजेदेखि सुरु हुनेछ ।

IME Lifesidebar
kumari