तिमी सित माया गर्दाको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गायक रोशन राई र मेलिना राइको आवाज रहेको गीत ’तिमी सित माया गर्दा’ को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ।
उक्त म्युजिक भिडियो गीतमा रमेश नामहाङ् राईको शब्द,संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको छ ।
पाना आर्ट्सले पोष्ट प्रोडक्सन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन जीवन भट्टराई र लक्ष्मी बर्देवाले गरेका हुन भने अभिनयमा पनि जीवन र लक्ष्मी नै देखिएका छन् । बुद्ध थापाको टिमले छायाँकन गरेको म्यूजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।























