ऋण असुलीमा गैरकानुनी कार्य गर्नेमाथि कारबाही हुने गृह मन्त्रालयको चेतावनी
काठमाडौं । गृह मन्त्रालयले ऋण असुलीमा गैरकानुनी कार्य गर्नेमाथि कारबाही हुने चेतावनी दिएको छ। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयका नाममा परिपत्र जारी गर्दै त्यस्ता गधिविधिमाथि कारबाही गर्न निर्देशन दिएको हो।
ऋण असुलीका लागि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका घरमै बसेर धरपडक, गाली बेइज्जती, दुव्र्यवहारलगायतका गैरकानी कार्यहरु गरेमा पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सक्ने मन्त्रालयले जनाएको छ।























