citizens life insurance long ad

सन् २०२५ की मिस नेपाल लुना लुईंटेल मिस वर्ल्ड प्रतियोगितामा भाग लिन भियतनाम प्रस्थान

गर्विलो प्रदर्शन गर्ने वाचा

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन् २०२५ की मिस नेपाल लुना लुईंटेल मिस वर्ल्ड प्रतियोगितामा भाग लिन भियतनाम प्रस्थान गरेकी छन् । उनी हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भियतनामतर्फ उडेकी हुन् ।

लुनालाई विमानस्थलमा आफन्त, साथीभाइ र मिस नेपाल आयोजक हिडन ट्रेजरका पदाधिकारीले स्वागत गरेका थिए । प्रस्थान गर्नुअघि उनले प्रतियोगितामा आफूले सम्पूर्ण शक्ति लगाएर प्रयास गर्ने बताइन् ।

उनले भनिन्, ‘मैले यस प्रतियोगिताका लागि करिब एक वर्षदेखि तयारी गरिरहेकी छु। म आफ्नो सम्पूर्ण शक्ति लगाएर प्रयास गर्नेछु र आशा छ यस पटक म मात्र होइन, नेपालले अन्तर्राष्ट्रिय मञ्चमा केही ठूलो र गर्विलो काम गर्नेछ ।’

मिस वर्ल्डमा नेपालले हरेक वर्ष भाग लिँदै आए पनि कुनै पनि सुन्दरीले माथिल्लो चरणमा स्थान बनाउन सकेका छैनन् । तर, ब्यूटी विथ द प्रपोज विधामा भने लगातार उत्कृष्ट नतिजा ल्याइरहेको छ । त्यसैले लुनालाई पनि कम्तिमा यो विधामा उत्कृष्ट प्रदर्शन गर्ने दवाव छ । तर दवावलाई उनले सकारात्मकरूपमा लिएकी छन् ।

उनी भन्छिन्, ‘जब जिम्मेवारी हुन्छ, दबाब हुनु स्वभाविक हो । तर म के विश्वास गर्छु भने यदि दबाब छैन भने त्यहाँ कुनै अपेक्षा नै हुँदैन । यदि अपेक्षा छैन भने त्यहाँ कुनै जीत हुने छैन । त्यसैले नेपाली जनताले ममा जुन विश्वास देखाउनुभएको छ, म आफ्नो १०० प्रतिशत दिनेछु । म कुनै निश्चित स्थानको प्रतिज्ञा त गर्न सक्दिनँ, तर म के वाचा गर्न सक्छु भने म आफ्नो तर्फबाट जे गर्न सक्छु, त्यो सबै दिनेछु ।’

लुनाले आफूसँगै ३ करोड नेपालीहरूको साथ र माया बोकेर गइरहेको बताइन् । आफ्नो लागि मात्र होइन, नेपालका लागि भोट गरिदिन उनले अपिल गरेकी छन् ।
मिस वर्ल्ड २०२६ मा १२० भन्दा बढी देशले भाग लिँदैछन् ।

IME Lifesidebar
kumari