stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अक्षयकुमारको ‘पृथ्वीराज’बाट मिस वर्ल्ड मानुषीको बलिवुड डेभ्यु

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

कात्तिक २९- बलिवुडको चर्चित फिल्म निर्माण ब्यानर यशराज फिल्म्सले घोषणा गरेको ऐतिहासिक फिल्म ुपृथ्वीराजु मा अक्षयकुमारको अपोजिटमा २०१७ की मिस वर्ल्ड मानुषी छिल्लरले डेभ्यु गर्ने भएकी छन् ।

यस अघि यशराजले चर्चित हिन्दु राजा पृथ्वीराज चौहानको जीवनीमा अहिलेका बलिवुडका चर्चित अभिनेता अक्षयकुमारलाई लिएर फिल्म बनाउने घोषणा गरेको थियो ।

यशराज फिल्म्सले फिल्ममा मानुषीले संयोगिताको भूमिका निभाउने जानकारी दिएको छ । योसँगै लामो समयदेखि बलिवुड डेभ्युको पर्खाइमा रहेकी मानुषीको बलिवुड डेभ्युको समय आएको छ ।

भारतीय इतिहासमा पृथ्वीराज चौहान र संयोगिताको अमर प्रेमकथालाई पर्दामा अक्षयकुमार र मानुषीको जोडीलाई पर्दामा देखिने भएको छ ।

मानुषीले आफ्नो भूमिकालाई पर्दामा प्रभावकारी रुपमा देखाउन आवश्यक तयारी समेत शुरु गरेको बताइएको छ । फिल्म निर्देशक चन्द्रप्रकाश द्विवेदीले यस भूमिकाका लागि कैयौ नयाँ अनुहारको अडिशन लिएको भएपनि संयोगिताको सुन्दरता र आत्मविश्वासलाई न्याय गर्न मानुषीलाई लिएको बताएका छन् ।

यश राज फिल्म्सले आफ्नो स्थापनाको ५०औ बर्षलाई भव्य बनाउन पृथ्वीराज फिल्मको घोषणा गरेको थियो । सन् १९७० मा स्थापना भएको यशराज फिल्म्स आउदो बर्ष ५० बर्ष पुरा गर्दै छ । यशराज चोपडाले यशराज फिल्म्सको स्थापना गर्दै राजेश खन्ना, शर्मिला टेगोर र राखीलाई लिएर फिल्म दाग बनाएका थिए । १९७० मा घोषणा गरेर १९७३ मा यो फिल्म रिलिज गरिएको थियो ।

यशराज फिल्म्सले सन् २०२० लाई आफ्नो स्वर्ण जयन्ती भव्यरुपमा मनाउने तयारी स्वरूप फिल्म पृथ्वीराजको घोषणा गरेको हो ।

यस फिल्मलाई ऐतिहासिक धारावाहिक चाणक्य निर्देशन गरेका निर्देशक द्विवेदीले निर्देशन गर्दै छन् । यो फिल्म २०२० को दिपावलीमा रिलिज हुने छ । (Source: khabarbreak.com)

prabhu mahalaxmi
kumari bank
kumari