stcnepal long ad
ime life insurance
national life
global ime bank long

फ्राइडे रिलिजः हलमा दुई नेपाली र २ विदेशी फिल्म

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

फ्राईडे रिलिजअन्तर्गत शुक्रबारबाट नेपाली हलमा देव भुषालको निर्देशनमा तयार फिल्म ‘मिस्टर नेपाली’ र आरएल मोक्तानको निर्देशनमा बनेको फिल्म ‘सम्हाली राख है’ प्रदर्शनमा आएका छन्।

प्रेमराज दाहालले निर्माणमा बनेको फिल्म ‘मिस्टर नेपाली’मा भुवन केसी, सरोज खनाल, कमलमणि नेपाल, रीमा विश्वकर्मा लगायतका कलाकारको मुख्य भूमिका छ। विदेशमा रहे पनि नेपालीपन र नेपाली मन हराउँदैन भन्ने कथालाई उजागर गरेको निर्देशक भुषालको भनाइ छ।

केहीदिन अघि फिल्मलाई अमेरिकामा भएको विशेष शोमार्फत् प्रदर्शन गरिएको थियो। जहाँ फिल्मलाई दर्शकले निकै रुचाएको निर्देशक भुषालले बताए। उनले नेपालमा पनि फिल्मलाई दर्शकले रुचाउनेमा विश्वास व्यक्त गरे।

फिल्मले शुक्रबारका लागि नेपालको क्युएफएक्स चेनमा ७ शो, एफक्युब सिनेमामा एक शो र बिगमुभीमा एक शो प्राप्त गरेको छ।
त्यस्तै शुक्रबारबाट प्रदर्शनमा आएको अर्को फिल्म हो‘सम्हाली राख है’।

अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहा कार्की, अन्जना खत्री, शंकर कार्कीलगायत कलाकारको अभिनय रहेको फिल्म तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा तयार गरिएको हो।

शंकर कार्कीको प्रस्तुति तथा हरिकृष्ण महर्जनले निर्माण रहेको फिल्ममा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत रहेको छ।

फिल्म सिंगल थिएटर हलहरूमा मात्र प्रदर्शनमा आएको हो।

यस्तै आजबाट बलिउड फिल्म ‘मरजावां’ र हलिउड फिल्म ‘चार्लिज एन्जल्स’पनि एक साथ प्रदर्शनमा आएको छन्। उक्त दुई फिल्मले नेपाली फिल्म हलमा उल्लेख्य उपस्थिति जनाएका छन्। जसमा बलिउड फिल्म ‘मरजावां’ले नेपाली क्युएफएक्स चेनमा ३२ शो प्राप्त गरेको छ भने, हलिउड फिल्म ‘चार्लिज एन्जल्स’ले १८ शो प्राप्त गरेको छ। (Source: nepalnews.com)

IME Lifesidebar
kumari