बालेनको १ हजार २४१ मत, स्थापित र सिंहले कति पाए ?
काठमाडौं। करिब २७ हजार मतगणना हुँदासम्म कामाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले दश हजार मत कटाएका छन्। बालेनले १० हजार २४२ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केशव स्थापितले ५ हजार ४५३ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७४२ भोट पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ८४५ मत प्राप्त गरेका छन्।
आँखीझ्याल चिह्न लिएर लडेका सुमन सायमीले ६९१ र विवेकशील साझा पार्टीकी समिक्षा बास्कोटाले १०७ मत पाएकी छन्। निर्वाचन कार्यालयका अनुसार एक लाख ३३ हजार मत गणना हुन बाँकी छ।























