citizens life insurance long ad
stcnepal long ad

जेठ १२ गतेदेखि कुमारी धनवृद्धि योजनाको १२ करोड इकाई बिक्री खुल्दै

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जेठ १२ गतेदेखि कुमारी क्यापिटलले ‘कुमारी धनवृद्धि योजना’ को १२ करोड इकाई बिक्री खुला गर्ने भएको छ । कुल इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई छुट्याइएको छ ।

बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । प्रतिइकाई १० रुपैयाँमा आवेदन दिन सकिनेछ । सी आस्वाको माध्यमबाट इकाई भर्न सकिन्छ ।

 

कुमारी धनवृद्धि योजनामा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भने जेठ २६ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

यस फन्डको योजना व्यवस्थापक कुमारी क्यापिटल हो । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड हो ।

IME Life
kumari