Everest Bank
nabil bank
national life
stcnepal long ad

स्ववियु निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोलि चैत ५ मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ ।

त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै विगत १४ वर्षदेखि हुन् नसकेको स्ववियु निर्वाचनमा सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न अपिल गर्नुभएको छ ।

उहाँले सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार नागरिक समाज सबैलाई निर्वाचन सम्पन्न नहुन्जेलसम्म आवश्यक सहयोग गर्न अपिल गर्नुभएको हो ।

स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको उहाँले जानकारी दिनुभयो । भोलि हुने स्ववियु निर्वाचन ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ ।

त्रिविले प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।स्ववियु निर्वाचनको मतदान भोलि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।

४ चैत २०७९, शनिवार २३:५० बजे प्रकाशित

stcnepal long ad