Everest Bank
nabil bank
national life
stcnepal long ad

प्रभु बैंकले संचालन गर्यो पिओएस मार्फत् अतिरिक्त बैंकिङ्ग सेवा

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटिएम सञ्चालन नभएका शाखा कार्यालयहरुमा पिओएस मेशिनको माध्यमबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको हो ।

विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको शुरुवात गरिएको बैंकले जनाएको छ ।

बैंकले सञ्चालनमा ल्याएको पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवा उपभोग गरी ग्राहकले अधिकतम लाभ लिने विश्वास बैंकले लिएको छ ।

५ चैत २०७९, आइतवार ०४:४८ बजे प्रकाशित

stcnepal long ad