stcnepal long ad
global ime bank long

धितोपत्र व्यवसायी थपिदा व्यवसायमा सहज हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाल धितोपत्र बोर्डले पहिलो चरणमा ७ वटा र दोस्रो चरणमा ११ वटा गरि १८ वटा संस्थालाई धितोपत्र व्यवसायीको अनुमति प्रमाणपत्र दिएको छ । पछिल्लो चरणमा बोर्डले गत जेठ २२ गते ११ वटा संस्थालाई धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति दिएको जनाएको थियो। लाइसेन्स पाएका नयाँ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डले प्रमाणपत्र समेत वितरण गरिसकेको छ । लाइसेन्स पाएका १८ वटा कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले गत जेठ २४ गते बुधबार प्रमाणपत्र वितरण गरेका थिए । बोर्डबाट प्रमाणपत्र पाएसँगै ब्रोकर कम्पनीले अब आधिकारिक रूपमा कारोबार सुचारु गर्नेछन् । बोर्डमा आवेदन दिएका ४६ ब्रोकर कम्पनीमध्ये बोर्डले ४३ वटा कम्पनीलाई आशयपत्र दिएको थियो । आशयपत्र पाएका संस्थाहरूले क्रमश: इजाजत र प्रमाणपत्र पाउदै जाने भएका छन।

प्रमाणपत्र पाउनेमा एक धितोपत्र व्यापारी, नबिल सेक्युरिटिज, दुईवटा पूर्णकालीन गर्ने बाँकी सीमित कार्य गर्ने दलाल व्यवसायी रहेका छन् । तेस्रो चरणमा बोर्डले २५ वटा कम्पनीलाई लाइसेन्स दिन बाँकी रहेको छ । नविल सेक्युरिटल लिमिटेडलाई धितोपत्र व्यापारीको अनुमति दिइएको छ। त्यस्तै, मेघा स्टक मार्केट्स लिमिटेडलाई पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति दिइएको छ । त्यसैगरी, एलिट स्टक हाउस लिमिटेड लाजिम्पाट, इन्फिनिटी सेक्युरिटिज लिमिटेड सुन्धारा, इन्डेक्स सेक्युरिटिज लिमिटेड डिल्लीबजार, शुभकामना सेक्युरिटिज प्रा।लि। र हातेमालो फाइनान्सिङ सर्भिसेज प्रा.लि.लाई सीमिति कार्य गर्ने गरी मात्रै धितोपत्र दलालको अनुमति दिइएको छ । माछापुच्छ्रे सेक्युरिटिज लिमिटेड, केविएल सेक्युरिटिज लिमिटेड, कलश स्टक मार्केट लिमिटेड र नवील सेक्युरिटिज लिमिटेडले पनि सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन्।

सेयर बजारमा अहिले ५६ लाख लगानीकर्ता रहेका छन। विगत अढाइ वर्षदेखि सेयर बजार निरन्तर ओरालो लाग्दा यी सेयर लगानीकर्ताहरूले नोक्सान व्यहोर्दै आउनु परेको छ। अर्थ मन्त्री डा. प्रकाश शरण महतले ५६ लाख लगानीकर्ताको लगानी सुरक्षा सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने बताएका भएपनि उनले ल्याएको आगामी वर्षको बजेट वक्तव्यमा सेयर बजारलाई उकास्ने कुनै कार्यक्रम नआएकोमा सेयर लगानीकर्ता चिन्तित छन् । धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री डा। महतले सेयर बजारमा आममानिसको लगानी र आयआर्जनको माध्यमका रूपमा ठूलो आकर्षण रहेको र बोर्डको जिम्मेवारी पनि थपिएको बताएका थिए । उनले त्यहाँ भनेका थिए ( ‘बजारलाई अझै स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नुछ, मेरो तर्फबाट कुनै कसर बाँकी रहँदैन, लगानी गर्नेले ढुक्कले लगानी गर्नुभए हुन्छ । सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ कि भनेर अथवा भोलि केही होला कि भनेर जसले गाँस काटेर लगानी गरेका छन्। उनीहरूको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी धितोपत्र बोर्डको नै हो ।’ उनले यस्ता भाषण गरेपनि उनका कुरा पत्याउन लगानीकर्ता तयार छैनन। बजेटले आमलगानीकर्तालाई आयकरको दायरामा ल्याउने भन्ने हल्ला मात्रै भएको पनि मन्त्री डा.महतको दाबी थियो।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी आर्थिक वर्षभित्रमा कमोडिटिज एक्सचेन्ज सञ्चालनमा ल्याउने गरी काम गरेको बताएका छन । ब्रोकर लाइसेन्स वितरण पनि दुई महिनाभित्र सम्पन्न गर्ने उनको दाबी छ। उनले भनेका छन( ‘अहिले एलोआई ९आशयपत्र० पाएका सबैलाई लाइसेन्स वितरण हुन्छ, १८ कम्पनीले पाइसके, अब बाँकीले पनि पाउँछन् ।’ त्यस्तै, अब आइपिओ (प्राथमिक सेयर) निष्कासनको स्वीकृति पनि मिति तोकेर ४५ दिनभित्र दिने तयारीमा रहेको पनि उनले बताएका थिए। नयाँ धितोपत्र कारोवार अनुमतिपत्र दिदा बोर्डका अध्यक्ष हमाल र पुर्व अर्थ मन्त्री जनार्दन शर्माले चुनाव ताकानै अग्रिम रकम उठाएको चर्चा थियो। ४३ वटा धिलोपत्र संस्थालाई अनुमतिपत्र दिएपछि अब सेयर खरिदबिक्रीमा सहज हुने अपेक्षा गरिएको छ। छिटो साफसाफ कारोवार हुने र अहिले पैसा खातामा आउन लाग्ने तिनदिनको समय दुई दिनमा झर्ला भन्ने लगानीकर्ताहरूको अपेक्षा छ। तर नयाँ स्टक एक्सचेञ्ज नथपिएसम्म राफसाफ छिटोछरितो रूपमा हुने कुनै सम्भावना देखिदैन।
ध्चष्तभ तय प्ष्कजयच क्जबचmब

IME Lifesidebar
kumari