stcnepal long ad
global ime bank long

कारोवार मुल्यले कहिले मान्यता पाउला ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भन्सार विन्दुमा सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन सकेमात्र नेपालको व्यापार व्यवसाय फस्टाउन सक्छ । आयात व्यापारमा भन्सार कर तथा राजश्व बढी असुली भैरहेको छ। यसले महंगी वृद्वि र उपभोक्ताहरूलाई मार पारिरहेको छ। विश्व ब्यापार संगठनबाट निर्धारित मुल्यांकन पद्धतीमा रहेर भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने समय आएको छ।

त्यस्तै अहिले सरकारको भन्सार राजश्व घटिरहेको छ। यसरी राजस्व घटनुको मुख्य कारण भन्सार दर बढी भएकाले भारत र तेस्रो देशको मुल्यका तुलनामा नेपालमा माल सामान र बस्तुको मूल्य निकै बढी छ। महंगो सामान हुँदा कम बिक्री हुन्छ। बिक्री कम हुन थालेपछि सामानको आयात पनि कम हुन्छ। आयात कम हुँदा सरकारको राजस्व कम उठछ। अहिले भएको व्यापार व्यवसायको मन्दीको मुख्य कारण यही हो। यसमा पनि नेपाल–भारत सीमा नाकाबाट राजस्व चुहावट र छली गरि चोरी पैठारी बढेको छ। बजारमा भारतमा भन्दा नेपालमा धेरै नाफा हुँदा बस्तुको चोरी आयात बढने हुँदा भन्सार दर घटाएर चोरी पैठारीलाई घटाउन पर्दछ। यस सन्दर्भमा कर प्रशासनलाई चुस्त बनाउनुपर्ने देखिन्छ । भन्सार प्रयोजनका लागि सन्दर्भ मुल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन सके चोरी पैठारी,भन्सार राजस्व चुहावट गर्ने तथा राजस्व छली गर्ने प्रवृत्ति घटदछ ।

अर्कोतिर भन्सार नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारान्टाइन ल्यावको उचित व्यवस्थापन गरेर आयात–निर्यातलाई प्रभावकारी बनाउनु पर्दछ। भन्सार कार्यालयको कारणले हुने ढिलाईमा डेमरेज, डिटेन्सन शुल्क बढी तिर्नुपर्ने अवस्थाको निराकरण हुनुपर्दछ । त्यसैगरी सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर राजश्वको दायरामा ल्याउनु पर्दछ। यसको लागि बिल लिनेरदिने व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण हुन आवश्यक छ।

अधिकांश उद्योगी व्यवसायीले सरकारले दिने निर्यात अनुदानलाई लक्षित बर्गमा पुर्‍याउनुपर्नेमा जोड दिदै आएका छन । कर राजश्वका सम्वन्धमा स्थानीय तहले आफुखुसी कर निर्धारण गर्दा पनि उद्योग व्यवसाय चलाउन समस्या भएको व्यवसायीको गुनासो सुनिन्छ । सीमा नाकाहरुमा हुने चोरी निकासीले राजश्व संकलनको लक्ष्यमा गम्भीर असर परेको छ। कृषिमा आधुनीकिकरण गरी उत्पादन बढाउन कृषि कार्यमा प्रयोग हुने यन्त्र, उपकरण र आधारभूत प्रयोगका बस्तुमा आगामी बजेटमा भन्सार तथा कृषि सुधार शुल्कमा पूर्णतः छुट हुनुपर्दछ। भन्सार कार्यालयहरुमा प्रज्ञापन पत्र दर्तादेखि सामान जाँचपास हुने अवस्थासम्म सबै प्रक्रियाहरु कम समयमा छिटो र झन्झट रहित सम्पन्न गर्न एकद्धारा प्रणाली लागु गरिनु पर्दछ ।

IME Lifesidebar
kumari