stcnepal long ad
himalayan Everest Insurance long ad

२०८० असार मसान्तभित्र एकीकृत कारोबार गर्ने वाणिज्य बैंकलाई राष्ट्र बैंकले दियो यस्तो सुविधा

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । २०८० असार मसान्तभित्र मर्जरमा गएर एकीकृत कारोबार सञ्चालन गरेमा वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले ६ वटा सुविधा दिने भएको भएको छ ।

केन्द्रीय बैंकले एकीकृत निर्देशनलाई संशोधन गर्दै २०८० असारसम्म एकीकृत कारोबार गर्ने बैंकहरुलाई थप ६ वटा सुविधा दिन लागेको हो ।

‘वाणिज्य बैंकहरु एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट सुविधा तथा छुट प्रदान गरिनेछ’ एकीकृत निर्देशनमा भनिएको छ ।

यस्ता छन् पाउने छुट तथा सुविधा
१, तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने ।

२, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई यस बैंकबाट इजाजतपत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने ।

३, एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय प्रदान गरिने ।

४, गाभ्नेरगाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर यस बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने ।

५, यस बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५५ बिन्दुले थप गरिने ।

६, एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म यस बैंकको स्वीकृति आवश्यक नपर्ने ।

 

२३ जेठ २०८०, मंगलवार १२:४२ बजे प्रकाशित

NTA long ad