citizens life insurance long ad
stcnepal long ad
national life

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड मिति तय

Prabhu Insurance Long Ad

काठमाडौं । युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड मिति तय भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको एफपीओ बिहिबार बिहान ९ बजे बिक्री प्रबन्धकै कार्यालयमा बाँडफाँड हुनेछ ।

लघुवित्तले जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म एफपिओ निष्काशन गरेको थियो । कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४ सय २५ कित्ता शेयर निष्काशन गरेको हो ।

अन्तिम दिनसम्म उक्त एफपीओमा १४ लाख ४ हजार ७ जनाको आवेदन परेको थियो । यो माग भन्दा ४२.९६ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेको हुनाले एफपीओ गोलाप्रथामार्फत बाँडफाँड हुनेछ । एफपीओ ३७ हजार ९४२ जनाले १०–१० कित्ताका दरले पाउने छन्, भने बाँकी १३ लाख ६९ हजार ६५ जनाको हात खाली हुनेछ ।

himalayan life insurance
igi long