stcnepal long ad
himalayan Everest Insurance long ad

तीन लघुवित्तले लाभांश बाँड्न नपाउने

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्थाले क्यापिटल एडुक्सी रेसियो (सीसीएआर) पुर्‍याउन नसकेपछि लाभांश बाँड्न नपाउने भएका छन्।

सुपर लघुवित्त, युनिक नेपाल लघुवित्त र उन्नति सहकार्य लघुवित्तले पुँजीकोष अनुपात पुर्‍याउन नसकेका हुन्।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँजी र ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सुपर लघुवित्त, युनिक नेपाल लघुवित्त र उन्नति सहकार्य लघुवित्तको पुँजीकोष ८ प्रतिशत पुर्‍याउन सकेका छैनन्।

पुँजीकोषको सीमा पुर्‍याउन नसक्दा चालु आवको नाफाबाट आगामी वर्ष लाभांश वितरण गर्न पाउने छैनन्। सुपर लघुवित्त वित्तीय संस्थालाई सीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमको कारवाही गरिएको छ।

साथै, उक्त संस्थालाई मिति २०७९/०५/२२ मा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरी संस्थाको व्यवस्थापन नियन्त्रणमा लिइएको छ।

बाँकी ६० वटा लघुवित्त वित्तीय संस्थाहरूले पुँजीकोष सम्बन्धी निर्देशनको पालना गरेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरीवेक्षण विभाग कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले तीन लघुवित्त बाहेक सबैको पुँजीकोष पुगेको बताए। उनका अनुसार पुँजीकोष नपुगेका लघुवित्तलाई ३५ दिनको समय दिएर पुँजीकोष पुर्‍याउन लगाइनेछ।

‘३५ दिनभित्र पनि पुँजी कोष पुर्‍याउन नसके पुनः संस्थापकलाई नै पुँजी थप्न लगाइने हुन्छ’, उनले भने, ‘त्यति गर्दा पनि पुँजीकोष सिमा पुर्‍याउन नसकेमा शाखा विस्तार लगायत तलब भत्ता सुविधा रोकिन्छ।’ पुँजीकोष नपुग्दा लाभांश वितरणमा रोक लाग्ने उनले बताए।

२३ जेठ २०८०, मंगलवार १२:२१ बजे प्रकाशित

NTA long ad