stcnepal long ad
ime life insurance
national life
global ime bank long

भारत विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक बने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । छिमेकी मुलुक भारत विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक बनेको छ । यसअघि चौथो स्थानमा रहेको जापानलाई पछि पारेर भारतले उक्त स्थान लिएको भारतको नीति आयोगका प्रमुख कार्यकारी बिभिआर सुब्रह्मण्यमले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

नीति आयोगको दसौँ बैठकमा सुब्रह्मण्यमले अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार भारतीय अर्थतन्त्र विश्वकै चौथो ठुलो भएको उल्लेख गरेको समाचार एजेन्सी पे्रस ट्रस्ट अफ इन्डिया ९पिटिआई० ले उद्धृत गरेको हो ।

पिटिआईका अनुसार भारतीय अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष (२०२५) मा ४१ खर्ब ८७ अर्ब डलर पुगेको सुब्रह्मण्यमले उल्लेख गर्नुभएको छ । भारतभन्दा अघि ४७ खर्ब ४० अर्ब डलरसहित जर्मन तेस्रो, १९२ खर्ब ३० अर्ब डलरसहित चीन दोस्रो र ३०५ खर्ब १० अर्ब डलरसहित संयुक्त राज्य अमेरिका पहिलो स्थानमा रहेको छ ।

IME Lifesidebar
kumari