sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

विदेशमा बैंक खाता र घरजग्गामा लगानी गर्न नेपालीलाई प्रतिबन्ध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपाली नागरिकलाई विदेशमा बैंक खाता र घरजग्गामा लगानी गर्न नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएको बताएको छ । वित्तीय चेतनाका लागि एक सूचकना प्रकाशन गरी नेपाली नागरिकले विदेशमा लगानी गर्ने सम्बन्धमा भएको व्यवस्थाका बारेमा जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था बमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ ।

तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न भने सक्ने व्यवस्था रहेको छ ।

यसरी लगानी गरेको विदेशी विनिमय नेपाल फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकार राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

prabhu bank
nawakantipur long