citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

भिसा इन्टरनेसनलबाट कुमारी बैंकलाई दुई विधामा सम्मान

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’ मा कुमारी बैंक लिमिटेडको सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसाय क्षेत्रमा हासिल गरेको उल्लेखनीय कार्यसम्पादनलाई उच्च रूपमा मूल्याङ्कन गर्दै सम्मान गरिएको छ ।

विगतका वर्षहरूमा झैँ यस वर्ष पनि कुमारी बैंक Excellence in Cross-Border Business तथा Excellence in Consumer Credit Cards Business Principal Client विधामा सम्मानित भएको छ ।

लगातार तीन वर्ष देखि प्राप्त गरेको उक्त सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबारको प्रवद्र्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामार्फत कुमारी बैंकले हासिल गरेको व्यवसायिक उत्कृष्टतालाई प्रतिबिम्बित गरेको छ ।

डिजिटल भुक्तानी प्रणालीले विश्वव्यापी रूपमा कारोबार, यात्रा तथा वित्तीय पहुँचको स्वरूप परिवर्तन गरिरहेको वर्तमान परिवेशमा कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई सुरक्षित, सहज तथा नवीन भुक्तानी समाधान उपलब्ध गराउँदै आएको छ ।

विशेषगरी भिसा कार्डमार्फत प्रदान गरिएका सेवाहरू तथा अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी सुविधाहरूलाई थप प्रभावकारी बनाउने दिशामा बैंक निरन्तर सक्रिय रहेको छ ।

स्थापनाकालदेखि नै बैंकिङ्ग सेवामा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको कुमारी बैंकले डिजिटल बैंकिङ्ग, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारलाई निरन्तरता दिएको छ ।

आगामी दिनहरूमा पनि ग्राहकहरूको आवश्यकता अनुरूप थप उन्नत, सुरक्षित तथा विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै डिजिटल रूपान्तरणको यात्रालाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता बैंकद्वारा व्यक्त गरिएको छ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २७९ शाखा सञ्जाल, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ्ग इकाइहरू मार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक, सहज तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

साथै, डिजिटल बैंकिङ्ग तथा भुक्तानी सेवाको पहुँच विस्तार गरी वित्तीय समावेशीकरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

IME Life
ofukuro
kumari