citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

कामना सेवा विकास बैंकको ९ हजारभन्दा बढी कित्ता संस्थापक सेयर बिक्री गरिँदै

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ हजार २०० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले खरिदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको हो ।

बैंकले मङ्सिर ९ गते पहिलो पटक प्रकाशित गरेको सूचनाअनुसार उक्त सेयर खरिद गर्न पहिलो प्राथमिकता बैंकका साविक संस्थापक सेयरधनीलाई दिइनेछ ।

इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।

सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीले आफूले कति कित्ता सेयर खरिद गर्न चाहेको हो, सो खुलाएर बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा प्रचलित कानुन बमोजिम बाह्य खरिदकर्तालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

IME Life
ofukuro
kumari