stcnepal long ad
ime life insurance
national life
global ime bank long

नृत्य निर्देशक संघ नेपालले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पोखरा । नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय भेला २०८१ तयारीको अध्यक्ष र सचिव स्तरिय बृहत प्रारम्भिक छलफल सम्पन्न गरेको छ ।

आइतबार गण्डकी प्रदेशको पोखरामा सम्पन्न उक्त प्रारम्भिक छलफलले आगामी पुस २६ र २७ गते प्रथम राष्ट्रिय भेला २०८१  आयोजना गर्ने निर्णय गरिएको संघका सचिवरप्रवक्ता ऋषिकेश श्रेष्ठले बताए । सो राष्ट्रिय भेला कोशी प्रदेशमा हुने श्रेष्ठले बताए ।

छलफल कार्यक्रममा नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेश ,कोशी प्रदेश,मधेश प्रदेश,गण्डकी प्रदेश ,बागमती प्रदेश र कर्णाली प्रदेशका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको संघका सह(कोषाध्यक्ष केशब कोइरालाले बताए । त्यसैगरी जिल्ला,नगर,गाउँपालिका अध्यक्ष तथा सचिवहरुको उपस्थिति रहेको उनले बताए ।

गण्डकी प्रदेशको व्यवस्थापनमा आयोजना गरिएको सो छलफल कार्यक्रमको प्रथम चरणको कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको प्रमुख आतिथ्यता र संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपकुलपती गोरे गुरुङले सम्पूर्ण नृत्य निर्देशकहरुले नृत्य सम्बन्धि अध्ययन र अनुसन्धान गर्दै विद्यार्थीहरुलाई प्रशिक्षण गराउनु पर्ने बताए ।

संघका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले नेपाल सरकार बाट राष्ट्रिय नृत्य दिवस घोषणाका लागि देशै भरका नृत्य निर्देशकहरु एक जुट भई अगाडी बढ्नु पर्ने बताए ।

करिब १२ घण्टा भएको उक्त छलफलमा सबै प्रदेश ,जिल्ला ,नगरका अध्यक्ष र सचिवहरुले आ–आफ्नो योजनाहरु प्रस्तुत गरेको संघका कार्यसमिति सदस्य बुद्ध लामाले बताए ।

पोखराको होटल रोयल प्यालेसमा सम्पन्न उक्त छलफल कार्यक्रममा बनेका मूल समारोह समिति लगायत उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरी कार्यक्रम सफल बनाउन संघका केन्द्रीय महिला उपाध्यक्ष भावना कार्कीले आग्रह गरिन ।

IME Lifesidebar
kumari