हिमालयन बैंकलाई भिसा लिडरसिप कन्क्लेभमा दुई सम्मान
काठमाडौं । हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ ।
बैंकले व्यवसाय सुरु भएदेखि हालसम्मकै उच्च एक्वायरर कारोबार रेकर्ड कायम गर्न सफल भएको भन्दै ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस एक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ गरी दुई विधामा अवार्ड प्राप्त गरेको हो ।
भिसाबाट प्राप्त सम्मानले बैंकले डिजिटल भुक्तानी तथा कार्ड कारोबार क्षेत्रमा हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गरेको बैंकले जनाएको छ । यसले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न ऊर्जा र हौसला मिलेको बैंकको भनाइ छ ।
हिमालयन बैंकले हाल नेपालभर फैलिएका १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर, २७९ एटीएम, ९ हजारभन्दा बढी पीओएस टर्मिनल तथा ८ हजार ५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत ग्राहकलाई परिष्कृत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।




























