citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्वपूर्ण दुई विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ (Excellence in Contactless – Issuing) र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in E– Commerce Acquiring Business Principal Client) विधामा अवार्ड जितेकोे हो ।

काठमाडौँस्थित मेरियट होटेलमा सोमबार आयोजित भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकका प्रतिनिधिले उक्त विधाका अवार्डहरु ग्रहण गरेका थिए । यस अघि पनि उक्त विधाहरुमा नबिल बैंकको वर्चस्व रहदै आएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले यस अवार्डले ग्राहकवर्गको सुविधा र सहजतालाई ध्यानमा राखी निरन्तर नवीनता र नवप्रवर्तनलाई आत्मसात् गर्न थप उर्जा प्राप्त भएको बताए । “हामीलाई यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,” उनले भने।

भिसा इन्टरनेशनल कार्र्डप्रदायक कम्पनी हो । नेपालमा भिसाले बर्सेनि भिसा लिडरसिप कन्क्लेभ (VISA LEADERSHIP CONCLAVE) समापन गर्दै आइरहेको छ । नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा भिसाले एक महत्वपूर्ण उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ ।

बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ ।

बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

IME Life
ofukuro
kumari