stcnepal long ad
ime life insurance
national life
global ime bank long

गत आर्थिक वर्षमा औद्योगिक ट्रेडमार्क दर्ता दोब्बरले बढे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । गत आर्थिक वर्षमा औद्योगिक ट्रेडमार्क दर्ता दोब्बरले बढेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा छ हजार ५१ वटा ट्रेडमार्क दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० मा तीन हजार २५४ वटा ट्रेडमार्क दर्ता भएका थिए ।

अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी ट्रेडमार्क दर्ता भएका हुन् । पुराना फाइल क्लियर भएको र ट्रेडमार्कको महत्व बढ्दै गएकाले पनि धेरै सङ्ख्यामा यो वर्ष ट्रेडमार्क दर्ता भएको विभागले जनाएको छ ।

कुनै उद्यमीले उत्पादन गरेको वस्तुलाई मौलिक परिचय दिनका लागि ट्रेडमार्क बनाउने गरिन्छ । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिह्न, तस्बिर, आकार वा शब्दलाई ट्रेडमार्क भनिन्छ । ट्रेडमार्क भनेको व्यवसायले प्रदान गर्ने सेवा वा वस्तुलाई चिनाउने चिह्न, नाम वा ट्यागलाइन हो ।

विभागका अनुसार गत आर्थिक वर्षमा ११३ वटा ट्रेडमार्क सम्बन्धी मुद्दा दर्ता भएका छन् । गत आवमा दुई वटा प्याटेन्ट र ११ वटा डिजाइन दर्ता भएका छन् ।

व्यवसायको बौद्धिक सम्पत्ति मानिने ट्रेडमार्कको महत्व र विश्वव्यापी प्रचलनबारे चेतना वृद्धिसँगै नेपालमा ट्रेडमार्क दर्ताको क्रम बढेको, धेरै उद्योगका एउटै ट्रेडमार्क परेको आधारमा उजुरी आएपछि विभागले कारबाही गर्ने गर्छ ।

पेटेन्ड डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ अनुसार ट्रेडमार्क दर्ता भई सञ्चालन हुने गर्छ । प्याटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक सात वर्षमा नवीकरण गर्नु पर्छ ।

नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ । ट्रेडमार्क नक्कल गर्ने व्यक्ति वा संस्थालाई बढीमा एक लाखसम्मको जरिबाना हुन्छ र नक्कल गरेको ट्रेडमार्कसँग सम्बन्धित सबै कुरा सरकारले जफत गर्ने कानुनी प्रावधान छ ।

IME Lifesidebar
kumari