sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन

Nimb long ad
Prabhu Insurance Long Ad

भैरहवा । भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब २७ अर्ब ८४ करोड रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोड मात्र सङ्कलन भएको हो ।

भैरहवा भन्सारले अघिल्लो आवभन्दा तीन करोड छ अर्ब कम राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष  २०७९/८० मा एक खर्ब ५५ अर्ब ६० करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य तोकेकोमा भन्सार कार्यालयले ७६ अर्ब ८९ करोड मात्रै सङ्कलन गरेको थियो ।

भन्सार कार्यालय सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले राजस्व सङ्कलन निराशाजनक रहेको बताउनुभयो । खास गरी भैरहवामा पछिल्लो समय पेट्रोलियम पदार्थ, गाडी, मोटरसाइकल आयातमा कमी भएको छ । धेरै वस्तुको आयात घटेका कारण राजस्व सङ्कलनमा कमी आएको उहाँको भनाइ छ ।

भैरहवा भन्सार कार्यालयले डिजेल, पेट्रोल, फलामे बिलेट र अन्य व्यापारिक वस्तुको आयातबाट बढी मात्रामा राजस्व असुल गर्दै आएको छ ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी चौधरीले मोटरसाइकल, टायल, मार्बल, रेडिमेड कपडा विगतको तुलनामा कम आयात भएकाले राजस्व प्रभावित भएको बताउनुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले भन्सारमा आयात कम भएका कारणले राजस्व सङ्कलन घटेको बताउनुभयो । उहाँले राजस्व घट्यो भनेर चिन्ता मात्र नगरेर निर्यातको अवस्था सुधार भएको छ कि छैन भन्ने हेर्नुपर्नेमा जोड दिनुभयो ।

gold
prabhu bank
nawakantipur long