नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै दश रूपैयाँ अंकित ३४ करोड थान नयाँ कागजी नोट छाप्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं तिहारलाई लक्षित गर्दै दश रूपैयाँ अंकित ३४ करोड थान नयाँ कागजी नोट छाप्ने भएको छ। नयाँ नोट छपाई गर्नका लागि विश्वव्यापी बोलपत्र समेत आह्वान गरि सकेको छ ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै इच्छुक आपूर्तीकर्तासँग प्रस्ताव माग गरेको हो । राष्ट्र बैंकका अनुसार १ सेप्टेम्बर २०२४ सम्म बोलपत्र फारम खरिद गर्न सकिनेछ । २ सेप्टेम्बर २०२४ मा कार्यालय समयभित्र बोलपत्र फारम दर्ता गरि सक्नुपर्नेछ ।