stcnepal long ad
ime life insurance
national life
global ime bank long

महिनामा दुई दिन पनि चल्दैनन् एटिएम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

गैँडाकोट । सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कले हरेक शाखामा ग्राहकको सुविधाका लागि एटिएम मेसिन जडान गरेर सेवा दिने प्रयत्न गरेको भए पनि एटिएम मेसिन नवलपरासीपूर्वमा प्रयोगविहीन हुन थालेपछि ग्राहकसमेत अन्योलमा पर्न थालेका छन् ।

नवलपरासी पूर्वको गैँडाकोट, रजहर र कावासोतीमा राष्ट्रिय वाणिज्य बैङ्कको तीन वटा शाखा र एटिएम मेसिन रहेका छन् तर महिनामा दुई/तीन दिन बाहेक प्रायः बन्द हुने र बन्द नहुँदा पनि सेवा दिन नसक्ने अवस्थामा रहेकाले यहाँका एटिएमले ग्राहकको विश्वास जित्नुको साटो घटाइरहेको गैँडाकोटका सञ्जीव तिवारीले बताउनुभयो ।

जनताको धेरै विश्वास रहेको सरकारी बैङ्कमा चेकबाट रकम निकालेर घरमा राख्नुभन्दा चाइएको समयमा थोरै थोरै एटिएमबाट झिकेर घर खर्च चलाउन सजिलो हुने बुलिङटारका प्रेमबहादुर मगरले बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैङ्क त भरपर्दो भएकाले आफूले सधैँ एटिएमबाट मात्रै पैसा झिक्ने गरेको तर विगत एक महिनादेखि एटिएमले काम नगर्दा समस्या भएको मगरले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ।

 

IME Lifesidebar
kumari