stcnepal long ad
ime life insurance
national life
global ime bank long

ओस्कारमा ‘ओपेनहाइमर’ लाई अवार्ड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न ९६ औँ ओस्कार अवार्डमा क्रिस्टोफर नोलनले निर्देशन गर्नुभएको चलचित्र ‘ओपेनहाइमर’ ले उत्कृष्ट चलचित्रसहित कुल सात वटा अवार्ड हात पारेको छ ।

चलचित्रबाट किलियन मर्फी उत्कृष्ट अभिनेता, क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्नुभयो भने रोबर्ट डाउनी जुनियरले उत्कृष्ट सहायक अभिनेताको अवार्ड हात पार्नुभयो ।

ओपेनहाइमरले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायाङ्कन विधामा पनि अवार्ड जितेको छ । चलचित्र कुल १३ विधामा मनोनयनमा परेको थियो ।

यस्तै चलचित्र ‘पुअर थिङ्स’ ले चार विधामा ओस्कार अवार्ड जितेको छ । चलचित्रकी अभिनेत्री एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्नुभयो ।

बेस्ट एक्ट्रेसबाहेक पुअर थिङ्सले बेस्ट कस्ट्युम डिजाइन, प्रोडक्सन डिजाइन र मेकअप तथा हेयर स्टाइलिङ विधामा पनि ओस्कार जितेको छ ।

धेरै चर्चा बटुलेको चलचित्र ‘बार्बी’ ले भने एउटा मात्र अवार्ड हात पारेको छ । यसको गीत ‘ह्वाट वाज आई मेड फर रु’ बाट बिली इलिस र फिनिस ओ कोनेलले उत्कृष्ट मौलिक गीतका लागि अवार्ड जित्नुभयो । चलचित्र आठ विधामा मनोनयनमा परेको थियो ।

डा. वाइन जोय रेन्डोल्फले ‘द होल्डोभर्स’ का लागि सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड जित्नुभयो । ‘वार इज ओभर बेस्ट’ ले एनिमेटेड सर्ट चलचित्रको अवार्ड जित्यो । त्यस्तै अमेरिकन फिक्सन बेस्ट एडाप्टेड स्क्रिनप्लेका लागि अवार्ड पाउन सफल भयो ।

‘एन्टोमी अफ ए फल’ ले बेस्ट ओरिजिनल स्क्रिनप्ले, ‘अमेरिकन फिक्सन’ ले बेस्ट एडेप्टेड स्क्रिनप्ले, जापानी फेन्टासी चलचित्र ‘दी ब्वाइ एन्ड द हिरोन’ ले बेस्ट एनिमेटेड फिचर फिल्म, ‘गोडजिला मिनस वन’ ले ‘बेस्ट भिजुअल इफेक्ट्स अवार्ड जितेको छ ।

त्यसै गरी ‘वार इज ओभर १ इन्स्पायरर्ड बाई दी म्युजिक अफ जोन एन्ड योको’ ले बेस्ट एनिमेटेड सर्टको अवार्ड जित्यो ।

यस्तै ‘द लास्ट रिपेयर सप’ ले बेस्ट डकुमेन्ट्री सर्ट र ‘द वन्डरफुल स्टोरी अफ हेनरी सुगर’ ले बेस्ट लाइभ एक्सन सर्टको अवार्ड जितेको छ ।

IME Lifesidebar
kumari